काठमाडौं, ५ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी ०८१ माघभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर महाधिवेशनको तयारीमा होमिने निर्णयसमेत गरेको छ ।
नेसपाले महाधिवेशनअघि प्रदेश र पालिकाको समेत सम्मेलन गर्ने भएको छ । साथै, बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकताको प्रक्रियामा गएका नेताहरुको जिम्मेवारी खोसेको छ । साथै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डालाई नेसपाले अगाडि बढाउने भएको छ ।