काठमाडौं,६ चैत । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक निष्कर्षवीहिन बनेको छ । पार्टी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि छलफलका लागि बोलाईएको बैठकमा कुनै ठो सनिर्णय नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे सुरुमा व्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुले आआफ्नो धारणा राखेका छन् ।
केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।
महरा सुन प्रकरणमा सोमबार कपिलबस्तुबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । महरा बिरामी भएको कारण नर्भिक अस्पतालमा भर्ना भएका छन् ।