काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका छन् । उनीहरुको अवरोधपछि सभामुख घिमिरेले कांग्रेस सांसद दिपक गिरीलाई आफ्नो धारणा राख्न दिएका छ्न ।