काठमाडौं, ६ चैत्र । जसपाका प्रमुख सचेतक प्रदीप यादवले नेपाली बजारमा पाईने सबैजसो काजु भन्सार छलेर भित्रिने गरेको दाबी गरेका छन् । अहिले नेपाली भन्सारमा तस्करहरुको राज चलेको उनको आरोप छ ।
प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आज (मंगलबार) को बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले यस्तो बताएका हुन् । उनले भने,‘मलाई लाग्छ अर्थमन्त्रीज्यूले जुन काजु खानुहुन्छ, त्यो भन्सार छलेर ल्याएको हो । माननीय अर्थमन्त्रीज्यू, तपाईंले तस्करले ल्याएको काजु खानुहुन्छ ।’ file photo