काठमाडौं, ६ चैत । गृह मन्त्रालयले जिल्ला प्रकाशन कार्यालयहरुलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेपछि गृहले सबै जिप्रकाहरुलाई इजाजत दिइएका हतियारहरुको विवरण उपलब्ध गराउन भनेको हो ।
‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भएरनभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ,’– निर्देशन पत्रमा भनिएको छ ।
हतियार तथा खरखजना ऐन २०१९ मा स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न सक्ने व्यवस्था छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो।