काठमाडौं,६ चैत । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, सूचना तथा सञ्चार समितिको सभापतिका लागि सांसद अम्बरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद थापाको प्रस्तावकमामा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल रहेका छन् भने समर्थकमा एमालेकी दीपा शर्मा रहेकी छन् ।
यसअघि समिति सभापति रहेका भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेपछि समिति सभापतिवीहिन थियो । थापा गत वर्षको निर्वाचनमा दैलेख २ बाट निर्वाचित भएका थिए । सभापतिको निर्वाचन भोलि हुँदैछ ।