काठमाडौं,७ चैत । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको यही चैत्र ९ र १० गते हुने २८ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनमा सदस्य पदमा व्यवसायी अम्बर बहादुर श्रेष्ठ (उमेश) ले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न ब्यापार ब्यवसाय गर्दै आएका श्रेष्ठले संघको सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराएका छन् ।
समग्र सिन्धुपाल्चोकको ब्यवसायीहरुको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आफुलाई मतदान गरेर सहयोग गर्न संपुर्ण ब्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । हरेक सेक्टरमा युवा नेतृत्व आजको आवश्यकता हो भन्ने मान्यताका साथ उम्मेदवारी दर्ता गराएका श्रेष्ठको भनाई छ।