काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा प्रहरीले निश्पक्ष छानबिन गर्न नसक्ने बताएका छन् । उनले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्रीमाथि उठेका प्रश्नहरुको बारेमा जवाफ माग्दा नआएपछि आफूहरुले यसअघि संसद् अवरुद्ध गरेको स्पष्ट पारे ।
उनले रवि लामिछानेले सहकारीका निक्षेपकर्ताहरुसँग पैसा लिएको र त्यो पनि गैरकानूनी रुपमा लिएको भन्दै यसमा प्रहरीले निश्पक्ष छानबिन गर्न नसक्ने ठोकुवा गरे । त्यही भएर आफूहरुले संसदीय छानबिन समितिको माग गरेको उनको भनाई छ ।
पीडितहरुको रकम अपचलन भएको र त्यसमा गृहमन्त्री लामिछानेमाथि पनि प्रश्न उठेको स्मरण गराउँदै लेखकले भने–‘उहाँविरुद्ध प्रहरीमा जोहरी दिएको स्थिति छ, पोखरा महानगरले बनाएको छानबिन समितिको रिपोर्टमा यो कुरा उल्लेख छ । उहाँको खातमा पैसा गएको देखिन्छ ।’