Logo

बोआओ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै



काठमाडौं, ७ चैत्र । चीनमा हुने बोआओ फोरम फर एसियामा सहभागी हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ त्यसतर्फ जाने भएका छन् । यसअघि बेईजिङस्थित् नेपाली दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त फोरममा सहभागी गराउने तयारी गरेको थियो ।

तर, समय अभावका कारण प्रधानमन्त्री नजाने भएपछि परराष्ट्रमन्त्री श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन् । गृह मन्त्रालयबाट परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आएका श्रेष्ठको यो पहिलो चीन भ्रमण हुनेछ । बोआओ फोरम चैत्र १२ गतेबाट सुरु हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्