काठमाडौं, चैत ८ । सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक चार दलका प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उक्त टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो।
टोलीमा सभामुखसहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार रहेका छन् । टोली चैत १६ गते नेपाल फर्किने तालिका अनुसारप्रतिनिधिसभा १० दिनका लागि स्थगित गरिएको छ।