Logo

राष्ट्रिय योजना आयोगको सदस्यमा रास्वपाका नेता अरनिको पाण्डेसहित ४ जना नियुक्त



काठमाडौं,८ चैत । राष्ट्रिय योजना आयोगको सदस्यमा ४ जना नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा केन्द्रीय सदस्य अरनिको पाण्डेसहित ४ जनालाई योजना आयोगमा नियुक्त गरिएको हो । आज बसेको मन्त्रीपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्य बनेका छन् ।

यसअघि आयोगको सदस्य रहेका ४ जनाले सत्ता समीकरण परिवर्तन भएपछि राजीनामा दिएका थिए । नयाँ सदस्य नियुक्त भएका पाण्डे रास्वपा र अन्य तीन जना नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्