Logo

पर्यटक बोकेको बस दुर्घटना, ६ जना चिनियाँ नागरिक घाइते



तनहुँ, चैत १० । पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६ः२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराबाट काठमाडौं जाँदै गरेको बा १ प ११३९ नंम्बर को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा छ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा बसमा २६ सवार रहेका थिए ।

घाइते हुनेहरूमा ५० वर्षीय सुन लि, ५७ वर्षीय हुक्सिया लि, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्