काठमाडौं, ११ चैत । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिन लामो चीन भ्रमणका लागि जान लागेका हुन् ।
परराष्ट्रमन्त्री बनेपछिको यो श्रेष्ठको यो पहिलो विदेश भ्रमण हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणा परराष्ट्रमन्त्री श्रेष्ठसहितको टोली चीन जान लागेको हो । मन्त्री श्रेष्ठसहितको टोली आज राति ११ बजे चीन प्रस्थान गर्ने कार्यतालिका छ । मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
मन्त्री श्रेष्ठको चीन भ्रमण लामो भएको भन्दै राजनीतिक बृत्तमा टीकाटिप्पणीसमेत सुरु भएको छ । उनको भ्रमणलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि नेकपा (एमाले) की नेतृ कोमल वलीसम्मेले आलोचना गरेका छन् ।