काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अनैतिक हर्कतमा संलग्न रहेको भिडिओ बाहिरिएपछि एमालेले उनलाई यसअघि बर्खास्त गरेको थियो ।
आज (आइतबार) बसेको सचिवालले बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले महरले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्यमा मनोनित गरिएको बताए ।