काठमाडौं,१२ चैत । टी-२० क्रिकेट अन्तर्गत आयरल्याण्ड ए विरुद्ध नेपालले शानदार जित निकालेको छ । आज भएको खेलमा नेपालले आयरल्याण्डलाई ६ विकेटले पाखा लगाएको हो ।
आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० र आसिफ शेखले १६ रन जोडे ।
बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले २ तथा थोमस मेर्यसले १ विकेट लिए । नेपालले आयरल्यान्ड ए सँग दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टि-२० र एकदिवसीय अभ्यास खेल हुनेछ ।