Logo

शेखरको प्रस्तावः अहिलेकै प्रदेश सरकारलाई स्थायित्व दिऊँ



काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले रहिरहेका प्रदेश सरकारहरुलाई स्थायित्व दिँदा उपयुक्त हुने बताएका छन् । प्रदेश सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठीक रहेको उनको ठहर छ । उनले संघ र प्रदेशमा एउटै गठबन्धन बन्नुपर्छ भन्ने मानसिकता राख्न नहुने र सबै प्रकारका विकल्पहरुमा छलफल हुनुपर्ने बताएका छन् । संघकै गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्दा कतिपय प्रदेशहरु मध्यावधिमा जाने खतरा रहेको उनको भनाइ छ । उनले यसरी अस्थिर सरकार र मध्यावधिले संघीयता विरोधी शक्तिहरुलाई मलजल पुर्याउने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

निर्वाचन भएको डेढ बर्षमै पटक-पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवस्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऊँ ।



प्रतिक्रिया दिनुहोस्