Logo

इलाम-२ का आकांक्षीलाई देउवाले डाके बुढानीलकण्ठ



काठमाडौं,१४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न इलाम २ को उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिसमा परेका ७ जना लाई छलफलका लागि बोलाएका छन् ।

देउवाले आज दिउँसो ४ बजे आफ्नो निजि निवास बुढानीलकण्ठमा छलफलका लागि डाकेका हुन् । कांग्रेसको इलाम निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।

इलाम २ बाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुन् लागेको हो ।



प्रतिक्रिया दिनुहोस्