काठमाडौं,१४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । गत वर्षको बैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्व डीआईजी खरेलले पार्टी छाडेका हुन् ।
सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको भन्दै रास्वपाको अनुशासन समितिले स्प्रष्टीकरण सोधेको थियो । पार्टीले प्रष्टीकरण सोधेपछि बिच्किएका खरेलले अन्तत पार्टीनै परित्याग गरेका छन् । उनले पार्टीलाई राजीनामा समेत बुझाईसकेका छन् । बारा २ बाट उपनिर्वाचनमा उम्मेदवार बन्दा जमानतसमेत जोगाउन नसकेका उनी उपनिर्वाचनमा पार्टीले असहयोग गरेको निष्कर्षमा पुगेका थिए ।
रमेश खरेल अहिले स्पेस फोके टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँछन् । हालैको एपिसोडमा उनले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी रवि लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । यही विषयमा स्पष्ट पार्न रास्वपाको अनुशासन समितिले उनलाई आग्रह गरेको थियो ।
उनले रास्वपाको केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेका थिए। उनैबाट सभापतिको आलोचना भएपछि अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।