Logo

१४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमतीको बैठक सम्पन्न



काठमाडौं,१५चैत । नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

बैठकले यी हुन् पारित गरेका १४ बुँदे प्रस्ताव

१। जनतामा छाएको निरासालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको जुन संकल्प छ त्यसलाई साकार पार्न जोडदार माग गर्ने ।

२। संस्थागत भ्रष्टाचार, वेथिती अन्त्य गरी शुसासन कायम गर्न सरकारसंग माग गर्ने ।

३। रुस र युक्रेन वीचको युद्धले नेपाली युवाहरुको ज्यान समेत गइरहेकोले युद्धग्रस्त देशहरुमा नेपाली युवाहरुलाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अविलम्ब फिर्ता गर्न, वेपत्ता युवाहरुको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपुर्ती प्रदान गर्न जोडदार माग गर्ने।

४। युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरिय, व्यवसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसंग आग्रह गर्ने ।

५। मकै, धान लगायत तरकारी खेती गर्ने किसानहरुको लागि रासायनिक मल तत्काल सर्वसुलभ रुपमा किसानको पहुँच सम्म पुऱ्याउन संघ तथा प्रदेशका कृषि मन्त्रालयलाई आग्रह गर्ने । कृषि अनुदान, उत्पादनको उचित मुल्य, संरक्षण, संकलन, भण्डारण र वितरणमा विशेष व्यवस्था गर्न सरकासंग माग गर्ने।

६। रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा भएको आगालागीबाट जनधनको क्षतिप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ । यसबाट पीडित तथा प्रभावित परिवारमा तत्काल क्षतिपूर्ती, राहात र आवास वीहिनहरुको लागि तत्काल अस्थायी र स्थायी आवासको व्यवस्थाका लागि प्रदेश सरकारसंग माग गर्ने ।

७। महंगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुहरुको आयातमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउने ।

८। मिटरव्याजी रसहकारी पीडितहरुको समस्या समानधानका लागि सरकारसंग भएको तत्काल कार्यन्वयन गर्न र दुग्ध किसानहरुको मागलाई समेत उचित सहमति सम्बोधन गर्न माग गर्ने ।

१९। देशका विभिन्न भागहरुमा भइरहेका जातिय विभेदर महिला हिंसाका घटना र बालबालिकामाथि भएका हिंसा तथा दुर्व्यवहार प्रति यो बैठकको ध्यानाकर्षण भएको छ । सरकारले गंभिरता पूर्वक छानविन गरी पीडितलाई न्याय तथा अपराधीलाई कडाकारवाही गर्न माग गर्ने ।

१०। २०८० एसईई परिक्षामा सहभागी सम्पूर्ण परिक्षार्थिहरुलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्ने ।

११। बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेशसभा पूर्व सदस्य माननिय शशिजंग थापाको पिता कल्याणध्वज थापाको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शशिजंग थापा लगायत स-परिवार प्रति हार्दिक समावेदना व्यक्त गगर्ने ।

१२। लम्पी स्किन पीडित किसानलाई क्षेतिपूर्ति प्रदान गर्न माग गर्ने ।

१३। भुकम्प पिडितका बांकी काम समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने ।

१४। सिन्धुली जिल्लाको ३१०० सय जुनार किसानको जुनार फुल क्षति गराएकोले प्रदेश सरकारबाट क्षतिपुर्ति उपलब्ध गराउनका लागि पहल गर्न माग गर्ने ।



प्रतिक्रिया दिनुहोस्