Logo

लिङ्देनसँग पार्टी एकता नगर्ने कमल थापाको उद्घोष



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग तत्काल पार्टी एकता नगर्ने बताएका छन् । शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपासँथ पार्टी एकता नगर्ने उद्घोष गरेका हुन् । ‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने ।

लिङ्देन र थापा केही वर्ष अघिसम्म एउटै पार्टीमा थिए । थापा अध्यक्ष रहँदा उनकै महामन्त्री रहेका लिङ्देनबीच ०७८ को महाधिवेशनबाट सम्बन्ध बिग्रिएको छ । आफ्नै महामन्त्रीसँग भारी मतले अध्यक्षमा चुनाव हारेका थापाले पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थिए ।

छुट्टै पार्टी गठन गरेपनि यी दुई पार्टीबप्च एकता हुने हल्ला केही समयदेखि चल्दै आएको छ । राजतन्त्र र घर्मको एजेण्डा लिएर राजनीति गर्दै आएका पूर्व पञ्चहरुको पार्टी राप्रपा पटक पटक जुट र फुटबाट गुज्रिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्