Logo

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत फेल गराउन सभामुखलाई दबाब दिएको खुलासा



काठमाडौं,१७ चैत । बागमती प्रदेश सभाका सभामुख भुवनबहादुर पाठकले मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनेदिन प्रदेश सभामा नजान आफूलाई दवाब आएको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै पाठकले उच्च तहबाट आफूलाई तीव्र दवाव आएको बताएका हुन् ।

‘विश्वासकाे मतमा मलाई अनुपस्थिति हुन प्रस्ताव आएकाे थियाे । दबाब आएकाे थियाे । म अनुपस्थिति भए के हुन्थ्याे ? काेशीमा जस्तै घटना हुन्थेन ?’, पाठकले भने ।

मुख्यमन्त्री जम्कट्टेलले २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भुमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘ मलाई सभामुख बनाउने पार्टिबाट दवाव आएपनि म त्यो मान्दिन, म खेलाडी हैन रेफ्री हु, म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउछु । ’

नेपाली कांग्रेसले २३ फागुनमा समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्कट्टेलले संवैधानिक व्यवस्थाअनुसार जम्कट्टेलले ३० दिनभित्र अर्थात २२ चैतसम्ममा विश्वासकाे मत लिनुपर्नेछ । हाल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग सहमति गरी प्रदेशसभामा बहुमत सांसदको समर्थन जुटाएका जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्