Logo

दुर्गा प्रसाईंले बैंकको ऋण तिर्ने



काठमाडौं,१८ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले कहिल्यौं पनि बैंकको ऋण तिर्दिन नभनेको दाबी गरेका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग काुराकानी गर्दै प्रसाईंले आफू बैंकको ऋण तिर्ने पक्षमा रहेको र अब बिस्तारै तिर्दै जाने बताए ।

उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । “मैले ‘एफिलेसन’ उपहार पाएको होइन । संघर्ष गरेर पाएको हो । एफिलेसन आयो । बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिन कहिल्यै भनेको छैन । सात प्रतिशतको ब्याज किन १७ प्रतिशत बनाएको । गरिबको ऋण तिर्देउन सरकार पो भनेको,” प्रसाईंले भने ।

प्रसाईंले मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माणका लागि विभिन्न बैंकबाट अर्बौ ऋण लिएका छन् । अबौं ऋण लिएर मेडिकल बलेजको संरचना निर्माण गरेका उनलाई सरकारले विभिन्न बाहनामा लामो समयसम्म सम्बन्धन नदिँदा ऋणमा चुर्लुम्म डुबेपछि उनले बैंकको ऋण नर्तिने अभियान चलाईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्