काठमाडौं, १८ चैत्र । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउत इलाममा छन् ।
इलाम साहित्य महोत्सवमा सहभागी हुन त्यहाँ पुगेका राउतले बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीको चुनावी तयारीबारे पनि भेटवार्ता बढाएका छन् ।
सो क्रममा उनी इलामको पर्यटकीय क्षेत्र कन्याममा पनि रमाएका छन् । उनको सचिवालयले राउतको घोडसवारको तस्विरसमेत सार्वजनिक गरेको छ ।