काठमाडौं,१९ चैत । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बैठक बसेको हो ।
यसअघि दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा सत्तारुढ दुई सांसद नगएपछि बैठक ४ बजेसम्म सारिएको थियो ।
सत्ता साझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।