काठमाडौं,२१ चैत । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद भवनमा अहिले ११ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा विभिन्न विषयमाथि छलफल हुनेछ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो विरोध जारी नै राख्ने भएको छ । कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री रवि लामिछानेले जवाफ दिन चाहेपनि कांग्रेसले रोस्टममा नै जान नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बोर्ड बैठकले लामिछानेलाई रोस्टममा जानबाट रोक्ने निर्णय गरेको हो ।