Logo

विश्वप्रकाशको चेतावनी: ‘आजबाट कांग्रेसको अल्टिमेटम सकियो’



काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा कांग्रेस संसदीय छानविन समितिको एजेण्डाबाट दायाँबायाँ नहुने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसको अल्टिमेटम आजबाट सकिएको पनि उद्घोष गरेका छन् । उनले आगामी संसद्मा आउँदै गर्दा सरकारले संसदीय छानविन समिति गठन नगरे संसद् चल्न नदिने उनको चेतावनी छ ।

‘आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ । संसद् चलेन, संसद् अवरुद्ध भयो । हामीले संसद् कसरी–कसरी नचलेको हेरेका छौं । संसद् अवरुद्ध भएको हेरेका छौं, संसद्मा तोडफोड भएको हेरेका छौं । आज प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ?’ उनले प्रश्न गर्दै भने, ‘के प्रतिपक्षले उठाएको प्रश्न गलत लाग्यो । आजको बैठक पछाडि सरकारलाई अपिल छ, सरकारले आउँदो बैठकमा आउँदै गर्दा संसदीय छानविन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा न दायाँ न बायाँ हामी उभिनेवाला छैनौं ।’

साथै, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको पनि उनले प्रष्ट पारे । ‘मलाई नाईँ त्यही गृहमन्त्री चाहिँन्छ भन्ने साथीले प्रधानमन्त्रीको पस्ताव आएको भए किन खानुभएन ?’ भन्दै उनले प्रश्न गरे । कांग्रेसले कसैलाई पनि किस्तीमा राखेर प्रधानमन्त्री नदिने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्