Logo

त्रिविमा उत्तरपुस्तिका हराएकोबारे शिक्षामन्त्री सुमनाले के दिईन् जवाफ ?



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालमा विद्यार्थीको उत्तरपुस्तिाका हराएकोबारे संसद्मा जवाफ दिएकी छन् ।

चैत ५ गतेदेखि संसद्मा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफ दिन संस्मा उभिएकी मन्त्री श्रेष्ठले उत्तरपुस्तिका हराएकोबारे छानबिन भईरहेको जानकारी गराईन् । उनले उत्तरपुस्तिका हराउने गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाईन् ।

बुधबार संसदमा उठेका प्रश्हरूको जवाफ दिने क्रममा उनले त्रिवि ऐनअनुसार कामबाही गर्न सकिने बताइन् । ‘उत्तरपुस्तिका हराएको केसमा एउटा समिति बनेको छ र त्यसले छानबिन गरिरहेको छ । त्रिविको ऐनमा टेकेर कारबाही गर्न सकिनेछ,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्