Logo

संसद् र संसदीय समिति सक्रिय रुपमा चलेनः लेखनाथ दाहाल



काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले संसद् र संसदीय समिति सक्रिय रुपमा नचलेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदीय समितिमा १५ वटा र संसद्मा ७ वटा विधेयक छलफलमा भएपनि ती विषयमा गम्भीरताका साथ छलफल नभएको बताएका हुन् ।

सदनमा पेश भएका विधेयकहरुमा सार्थक बहसको वातावरण निर्माण गर्न पनि उनले सबैलाई आग्रह गरे । विगतको सदन र सरकार सञ्चालन भएको भन्दा फरक तरिकाबाट सञ्चालन गरेर विद्यामान चुनौतिहरुको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सदन आफैंमा जनताको प्रतिनिधित्व गर्ने थलो भएको स्मरण गराउँदै उनले आंशिक विषयमा महिनौं अवरुद्ध गर्न नहुने उनले बताए । नेता दाहालले अप्रत्यक्ष रुपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बचाउसमेत गरे । कांग्रेसले जबरजस्त रुपमा एउटै विषय केन्द्रीत गरेर जनतामा निराशा पैदा गराएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्