काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा चैत २८ गते निर्वाचन हुने भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष रानायणप्रसाद दाहालले २८ गते निर्वाचन गर्न मिति तोकेका हुन् ।
उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।
उमिैला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो । अब रिक्त पदमा एमाले र एकीकृत समाजवादीमध्ये एक दलका उम्मेदवार निर्वाचित हुनेछन् ।