काठमाडौं, २१ चैत । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेकी छन् ।
आज (बुधबार) सर्वोच्चमा न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उनीसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेको थियो । सुनुवाइ भइरहेको अवस्थामा दिउँसो २ बजेतिर उनले विष सेवन गरेको बताइएको छ ।
उनको अवस्था नाजुक रहेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।