काठमाडौं,२१ चैत । राज्यमन्त्री इन्दिरा गिरीलाई सांसद पदबाट हटाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ सांसदको नाममा तीर्थराज बोहराको नाम सिफारिस भएको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै गिरीको ठाउँमा बोहरालाई सिफारिस गरेको हो । उनी टीकापुर निवासी हुन् ।
सुदूरपश्चिम सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा तीव्र मतभेद देखिएको नाउपा आफै फुटको संघारमा पुगेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाकी अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी छन् ।