काठमाडौं, २१ चैत । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ । आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।
गिरीकी जेठी श्रीमती आरती रावलले वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिईन् । निलम्बित न्यायाधीश गिरीलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर पुर्पक्षको आदेश दिएपनि उच्च अदालतले थुना बाहिर नै रहेर मु्द्दाको पुर्पक्ष गर्ने सुविधा दिएको थियो ।
उच्च अदालतको उक्त निर्णयविरुद्ध आरती सर्वोच्च गएकी थिईन् । सर्वोच्चले उच्च अदालत पाटनको निर्णय बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
आरतीले सर्वोच्चमा सुनुवाइ भइरहेको अवस्थामा विष सेवन गरेकी थिईन् । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।