Logo

मुख्यमन्त्री शर्माले राजीनामा बुझाएलगत्तै कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान



काठमाडौं, २१ जेठ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज राजीनामा बुझाएलगत्तै उनले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् ।

कर्णालीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान भएको हो ।

विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्ततः केन्द्रको दवाव थेग्न नसकेर आज राजीनामा दिएका थिए । राजीनामा दिनुअघि उनले प्रदेश सभालाई सम्बोधन गरेका थिए ।

सत्तारुढ गठबन्धन दलमा अब कर्णाली सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने सहमति भएको छ । यो सँगै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्न मार्ग प्रसस्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्