Logo

कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउनै सकस, आज पनि कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं, चैत २२ । नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजेदेखि बैठक सुरु हुने भनिएपनि अझै सुरु हुन सकेको छैन् ।

बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ। यसअघि पनि मंगलवार र बुधवार बैठक बसेको थियो। तर, उम्मेदवार चयन गर्न भने सकेन। तीन दिनदेखि उम्मेदवार टुङ्ग्याउन कांग्रेसले आन्तरिक गृहकार्य गरिरहेको भएपनि सबै बैठक निश्कर्षविहीन बन्दै गएको छ ।

इलाम–२ मा सभापति देउवा डम्बर खड्कालाई उम्मेदवार बनाउन चाहन्छन् । तर, संस्थापनइत्तर समूहले भने भेषराज आचार्यलाई अगाडि सारेको छ । आचार्य र खड्का कसलाई उम्मेदवार बनाउने भन्ने विषयले अहिले कांग्रेसमा द्वन्द्व सिर्जना भएको छ ।

उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बझाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ। उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्