काठमाडौं,२२ चैत । नागरिक उन्मक्ति पार्टीका नेता रेशम चौधरीले दलको बैठक बोलाएका छन् ।
चौधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा आकस्मिक बैठक बोलाएका हुन् ।
निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिएपनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् । शाह सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपा बिभाजन छ ।
रञ्जिता र रेशम श्रीमान-श्रीमती हुन् तर पारिवारिक सम्बन्धलाई नै खलल पुगेनगरी यी दुई एकअर्काविरुद्ध उत्रँदै, आएका छन् ।
सुदूरका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रञ्जिताले जारी गरेको ह्वीपलाई काउन्टर दिँदै रेशम पक्षले अर्को ह्वीप जारी गरेको छ भने रेशम पक्षकी सुदूरकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गर्न रञ्जिताले प्रदेश सभामा पत्र दर्ता गरेकी छन् ।