Logo

पाँच तलामाथिबाट हाम फालेकी युवतीको अवस्था गम्भीर



दोलखा, चैत २३ । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् । दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर बताईएको छ । आत्महत्याको प्रयास गरेको हो या केही कारण हो प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी र उनको अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं रिफर गरिएको छ ।
डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी ती युवतीलेले आत्महत्याको प्रयास गरेको हो या केही हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्