Logo

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त, शपथ आइतबार खाने



काठमाडौं,२३ चैत । लुम्बिन प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानका धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्