काठमाडौं, २४ चैत । पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाम–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आज (शनिबार) निर्वाचन कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । थेगिमलाई प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुले समर्थन गरेका छन् ।
मनोनयन दर्ताका क्रममा उनका समर्थकहरुले बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिचान प्रदर्शन गरेका थिए ।