Logo

सुनसरीमा दुई समुदायबीच पाँच बुँदे सहमति



काठमाडौं, २४ चैत । केही दिनदेखि तनावग्रस्त रहेको सुनसरीमा हिन्दु र मुसलमान समुदायबीच पाँच बुँदे सहमति भएको छ । सामाजिक सञ्जालमा हालेको भिडिओलाई लिएर सुरु भएको विवादका कारण हिजोदेखि जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यू जारी गरिएको थियो । आज (शनिबार) बसेको सर्वदलीय बैठकमा दुई समूहबीच पाँच बुँदे सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बेलुकादेखि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले दुई समुदायबीच सहमति भएको र अब कर्फ्यू विस्तारै हट्दै जाने बताए ।



प्रतिक्रिया दिनुहोस्