Logo

बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई सघाउने



काठमाडौं, २५ चैत्र । विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय गरिएको अध्यक्ष पासवानले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

थेगिम पहिचान पक्षधरहरुको साझा उम्मेद्वार हुन् । उनलाई धरानका मेयर हर्कराज राईको पनि साथ छ । यसअघि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि थेगिमलाई नै सघाउने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्