Logo

नेपालको राजनीति गोलचक्करमा फस्यो, प्रचण्डले जतिबेला पनि अर्को उथलपुथल गर्ने सम्भावना छः विश्लेषक अरुण सुवेदी



काठमाडौं, २५ चैत । राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपालको राजनीति गोलचक्करमा फसेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि जतिबेला पनि उथलपुथल गर्ने सम्भावना रहेको बताए । उनले प्रचण्ड एक वर्ष अगाडि एमालेसँग गएर प्रधानमन्त्री बनेपछि फेरि कांग्रेससहितकै गठबन्धनमा आएको स्मरण गराउँदै उनले प्रचण्डले फेरि कांग्रेससँग सहकार्य गर्ने सम्भावना कायमै रहेको धारणा राखेका छन् ।

‘संसदको गणितले नै सरकार गठनलाई चञ्चलतातिर धकेल्यो । कुनै पनि बेला प्रचण्डको भाषामा उथलपुथल, अर्को गठबन्धन बन्न पनि सक्छ । एक वर्ष अगाडि पनि ओलीजीसँग प्रधानमन्त्री भएर शेरबहादुरजीसँग त्यसै प्रकारले यूटर्न हान्नुभयो ।’ उनले भने, ‘अहिले फेरि अर्को यूटर्न हान्नुभयो । दुईवटा यूटर्न एक ठाउँमा राखेपछि गोलचक्कर हुन्छ । गोलचक्करमा परेपछि बाहिर काहीँ निस्किँदैन । ओरीपरी घुमिरहन्छ । त्यसकारण यो चाकाचुली घुमिरहन्छ जस्तो लाग्छ ।’



प्रतिक्रिया दिनुहोस्