काठमाडौं, २५ चैत । खख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनीकी आमा जनक नन्दनी भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इन्जिनियर भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस वापत जग्गा लिएको अख्तियारको दाबी छ । सरोजले भ्रष्टाचार वापत निर्माण कम्पनीका प्रोपाटइटरबाट लिएको जग्गा आफ्नी आमाको नाममा पास गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । सरोजले भक्तपुरको गुण्डुमा कित्ता नं. १३७४ र १३७५ को जग्गा लिएको उल्लेख छ ।
इन्जिनियर भट्टराईकी आमाले भ्रष्टाचार गर्न मतियारको रुपमा सहयोग पुर्याएको अख्तियारको निश्कर्ष छ । प्रतितिवादी दुवैलाई जनही असी लाख विगो र छ वर्षदेखि आठ वर्षसम्मको कैद मागदाबी लिई अख्तियारले आज विशेष अदालतमा मु्द्दा दायर गरेको छ ।