काठमाडौं, २५ चैत । आसन्न उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु कसैकोविरुद्धमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आगामी वैखाश १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा २० जना र बझाङ– १ (क) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि १२ जना गरी ३२ जनाको उम्मेदवारी परेको थियो ।
उम्मेदवारहरुमाथि आज दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । उक्त समयसम्म कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको बताइएको छ ।