Logo

मुख्यमन्त्री कार्कीलाई धमलाको प्रश्नः ‘प्रदेश सभा विघटन गर्न लागेको हो ?’



काठमाडौं, २६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई दुई वर्षसम्म कसैले पनि पदबाट हटाउन नसक्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकार कुनै पनि दलको समर्थनमा नबनेको बताए । उनले वर्तमान कोशी प्रदेश सभा दुई वर्षका लागि ग्यारेन्टी रहेको बताए ।

‘प्रदेश सभा विघटन गर्न लागेको हो ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘प्रदेश सभा मैले किन विघटन गर्नु ? संविधानले मलाई दुई वर्षसम्म त भईस् । राम्रोसँग सरकार चला भनेर दिएको अधिकारलाई मैले जनताको रगतबाट बनेको संविधानलाई मैले किन विघटन गर्नु ?’



प्रतिक्रिया दिनुहोस्