Logo

कर्णालीमा नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै



काठमाडौं, चैत २७। कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदैछ । सत्ता गठबन्धनबाट नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।

तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।

त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद छन् ।पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्