Logo

सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी



काठमाडौं,२७ चैत । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम थियो । तर सदनमा देखिएको अवरोध अन्त्यका लागि पहल गर्न उनले झापा जाने कार्यक्रम रद्द गरेका छन् ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने सम्भावना छ । ​सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले सरकारलाई यसअघि नै अल्टिमेटम दिएको थियो । तर, सरकार समिति बनाउन तयार भएको छैन । कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्