Logo

सदन अवरोध गर्दा जनताको आवाज अवरोध हुने भन्दै कांग्रेसलाई सभामुखको ध्यानाकार्षण



काठमाडौं, २७ चैत्र । सभामुख देवराज घिमिरेले सदन अवरोध हुँदा जनताको आवाज अवरोध हुने भन्दै नेपाली कांग्रेसलाई ध्यानाकार्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै कांग्रेसको तर्फबाट सचेतक सुशिला थिङले सम्बोधन गरेकी थिईन् ।

उनले बोलिसकेपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिएका थिए । तर, झाले सम्बोधन गर्नुअघि नै कांग्रेसका सांसदहरुले अवरोध गरेका थिए । सो क्रममा सभामुख घिमिरेले सदन अवरोध नगर्न कांग्रेसका सांसदहरुलाई पटक पटक ध्यानाकार्षण गराएका छन् ।

उनले भने,‘सदन अवरोध हुँदा एउटा जनताको आवाज अवरोध हुन्छ । आज देशमा आगजनीको कारण र विभिन्न घट्नाहरु विकास भएर कर्फ्र्यु लगाएको छ । अनेक खालका विसंगति र समस्याका कुराहरु आइरहेका छन् । यी कुराहरु सदनमा छलफल गर्न सकौं भन्नको लागि सदनको वातावरण अघि लैजानुपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्