Logo

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं, चैत २८ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश माग्दै दायर गरेको रिटमा सर्वोच्चले आजलाई पेसी तोकेको हो ।

आज प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश अनुसार मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्ने वा कायम रहनेछ ।सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी सोमबार मुख्यमन्त्री बनेका हुन् । सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका पाण्डेले दायर गरेको रिटमा संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्