Logo

देशलाई बचाउनको लागि पनि सरकारको साईज घटाउनुपर्छ : सांसद सिंह (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देश आज चारैतिर समस्यामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्र सबल नबनाईकन मुलुक अघि बढ्न नसक्ने टिप्पणी गरे । उनले भने,‘अर्थतन्त्रको समस्याको कारण अर्कै छ, समाधान अर्को खोजेर हुँदैन् । जुनसुकै अर्थमन्त्री आएपनि केही पनि हुँदैन् । अर्थतन्त्रको आकारभन्दा १० गुणा ठूलो सरकारको साइज भयो । चाहे त्यो स्थानीय सरकार होस वा प्रदेश वा संघको सरकार होस । राज्यको अर्थतन्त्र कर्मचारीको तलब, भत्तामा जान्छ भने यो अर्थतन्त्र कसरी सुध्रिन्छ ? उत्पादनमूलक काममा पैसा खर्च नभएसम्म बजारमा अर्थतन्त्र बलियो हुँदैन् ।’

उनले अर्थतन्त्र र देशलाई बचाउनको लागि सरकारको साइज घटाउन जरुरी रहेको आवश्यकत्ता औंल्याए । file photo



प्रतिक्रिया दिनुहोस्