काठमाडौं,२८ चैत । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा १५ जना केन्द्रीय सदस्य थप भएका छन् । यहि चैत २५ गते काठमाडौंमा बसेको पार्टीको पदाधिकारी बैठकले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
भाईकाजि सापकोटा, राजन दाहाल, मनोज तिमल्सीना, अम्बर सुनवार, बलभद्र अचार्य, रोहन बुडा मगर, भरत कुमार श्रेष्ठ, केवी सागर, ईश्वर क्षेत्री, रुपेश योञ्जन, तेजेन्द्र महत, शिशिर राजथला, मैना तामाङ, भरत प्रसाद साह र लुमडि सापकोटा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।
यस्तै बैठकले नेताहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । ज्ञानेन्द्र तामाङलाई उपाध्यक्षको जिम्मेवारी तोकिएको छ । यस्तै धनकुमारी मगरलाई उपमहासचिव, नारायण पाण्डेयलाई सचिव र सुनिता साह (क्रान्ति)लाई स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।